दफा १३९
श्रेणी विभाजन तथा समावेश
(१) नेपाल सरकारले यस ऐनको क्षेत्राधिकारभित्र पर्ने दफा ३ बमोजिमको कुनै व्यक्ति वा व्यक्तिहरूको बललाई अधिकृत, पदिक वा बिल्लादार श्रेणीमा विभाजन गर्न र कुनै व्यक्तिलाई त्यसरी विभाजित श्रेणीमा समावेश गर्न र पहिले श्रेणीमा विभाजित भएकोमा बदर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्ति अधिकृत, पदिक वा बिल्लादार श्रेणीमा विभाजन नगरिएको भए निज बिल्लादारभन्दा मुनिको मानिनेछ ।